ट्रेन्डीङ्ग

नेकपा अछामले गर्यो चौखुटे बजारमा कोणसभा

कमल विक ,अछाम, ११ असोज।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले चौरपाटी गाउँपालिकाको चौखुट्टे बजारमा कोण सभा सम्पन्न गरेकाे छ। नेकपा जिल्ला संगठन समिति अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान निरन्तरताको क्रममा पार्टीले सोमबार सो सभा सम्पन्न गरेकाे हो।

उक्त सभामा प्रमुख वक्ताको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी अछामका सचिवालय सदस्य निरक शाहीले दलाल संसदिय ब्यबस्था र संसदवादी दलहरूले व्यक्तिगत र दलगत स्वर्थकालागी जस्तोसुकै राष्ट्रघाती कदम चाल्न पछि नहट्ने चरित्रका कारण देशलाई गम्भिर सङ्कटमा पारेको भन्दै आपत्ति जनाउनुभयो। साथै उहाँले देशलाई सबै खाले संकटबाट मुक्त गर्न वर्तमान दलाल संसदीय व्यवस्था को विकल्पमा वैज्ञानिक समाजवादनै एक मात्र विकल्प भएको कुरा स्पष्ट पार्नु भएको थियो। दलाल संसदीय व्यवस्थाले राष्ट्र र जनताको कुनै पनि सवालमा निकास नदिएकोले जनता आजित भएर विकल्प खोजिरहेको बताउनु भएको छ। वैज्ञानिक समाजवादको पक्षमा स्पष्ट बहुमत रहेकोले बर्तमान समयमा जनमत संग्रहमा जानुपर्ने कुरामा जोडदिनुभयको छ ।

उक्त सभाको सञ्चालन चौरपाटी गाउँपालिकाका इन्चार्ज करण साउद ले गर्नु भएको थियो भने उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी अछामका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?