ट्रेन्डीङ्ग

शिक्षालाई पहिलो प्राथमिकता दिनु:गल्याङ नगरप्रमुख अधिकारी

असोज ११ गल्याङ । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

भविश्यको निर्धारण वर्तमानको शिक्षाले गर्ने भन्दै उहाँले शिक्षालाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । गल्याङ नगरपालिका सभाहलमा भएको नगरपालिकाभित्रका प्रध्यानध्यापकहरुको बैठकमा उहाँले बालबालिकाको भविश्यको ठूलो जिम्मेवारी विद्यालय र शिक्षकहरुको भएको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले विद्यालयलाई गर्नुपर्ने सबै खालको सहयोगका लागि आफु तयार रहेको भन्दै उत्कृष्ट नतिजाका लागि विद्यालयले नै बढि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कोरोनाका कारण विद्यार्थीहरु लामो समय मारमा परिरहेकाले त्यसको उचित पूर्ति हुने गरी अध्यापनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
विद्यालयले गरेको खर्चमा केही कागजपत्र नमिलाउँदा नगरपालिकामा नै बढि बेरुजु देखिएको भन्दै उहाँले काम गरेको कागजपत्र व्यवस्थित बनाउन पनि प्रधानध्यापकहरुलाई निर्देशन दिनुभयो ।कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव केदारराज आचार्यले तोकिएको समयमा विद्यालयले आफ्ना कामहरु सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
उहाँले अध्यापन/अध्ययनलाई व्यवस्थित बनाउँदै माथिल्लो निकायले दिएका निर्देशनहरुलाई पुर्ण रुपमा पालना गर्न आग्रह गर्नुभयो ।

नगर शिक्षा समितिका सदस्य सचिव राजेन्द्रदेब खनालले विद्यार्थीलाई सकेसम्म धेरै ज्ञान दिने खालका सिर्जनात्मक कामहरुमा पनि लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रा.स. हिमलाल भण्डारीले शाखागत निर्देशन दिदै समयमा विवरण पेश गर्न, विद्यालय व्यवस्थापन समिति गठन लगायतका कुराहरुमा ध्यानाकर्षण गराउनुभयो ।कार्यक्रममा स्वागत मन्तब्य नासु अग्नीधर बस्यालले गर्नुभएको थियो।

यसैबीच, बैठकले गल्याङ नगरपालिकामा फुलपाती देखि पूणर्िमा सम्म मात्रै विद्यालयमा विदा दिने निणर्य गरेको छ । कोरोनाका कारण लामो समय देखि पठनपाठनमा समस्या आएको भन्दै बैठकले विदा घटाउने निणर्य गरेको हो ।

यस्तै, यसअघि भाद्र मसान्त सम्म विद्यालय व्यवस्थापन समिति गठन गर्ने निणर्य भएकोमा गठन गर्न नसकेका विद्यालयहरुमा असोज १८ गते भित्रमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने निणर्य पनि भएको छ ।यसै गरी बैठकले दरबन्दी मिलानको प्रक्रिया सुरु गरी कार्तिक मसान्तसम्म दरबन्दी मिलानको टुङ्गो लगाउने निणर्य पनि गरेको छ ।
असोज १ गते देखि विद्यालयमा लागू गरिएको दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने निणर्य पनि बैठकले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?