ट्रेन्डीङ्ग

नवलपुरमा युवा संगठनले लिपुलेक-लिपियाधुरा समेटिएको चुच्चे नक्सा यी सरकारी कार्यलयमा बुझायो

असोज १० नवलपुर । विप्लव नेतृत्व नेकपा निकट युवा संगठन नेपाल नवलपुरले लिपुलेक-लिम्पियाधुरा समाहित नक्सा सरकारी कार्यालयलमा रहे नरहेको अनुगमन तथा ध्यानाकर्षण गरेको जनाएको छ।

साथै उक्त संगठनले लिपुलेक लिम्पियाधुरा समेटिएको नक्सा समेत सरकारी कार्यालय अन्तर्गत कावासोती नगरपालिकामा हस्तान्तरण गरिएको संगठनका जिल्ला अध्यक्ष अविनासले बताए ।

जिल्ला को सदरमुकाम रहेको कावासोति नगरपालिका मा उक्त कार्यक्रम सम्पन्न भएको बुझिएको छ। निमित्त कार्यकारी क्षेत्र बहादुर भण्डारी र उप प्रमुख प्रेमशङ्कर मर्दनियालाई नक्सा हस्तान्तरण गरिएको जनाइएको छ।


अझैपनि कतिपय सरकारी कार्यालयलमा चुच्चे नक्सा नरहेको पाइएको छ त्यसै अन्तर्गत उक्त संगठनले कार्यक्रम आयोजना गरेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?