
उत्तमकुमार थापा ,असोज ६, बझाङ । बझाङ जिल्लामा रहेका ग्रामीण सडक खण्ड र जयपृथ्वी राजमार्ग पक्की सडकको भाडादर कायम गरिएको हाे ।
जिल्ला समन्वय समितिकाे सभाहलमा समन्वय समितिका सँयाेजक रहनुभएका खडक बहादुर खड्काकाे अध्यक्षतामा सुरु भएको बैठकले जिल्लामा चल्ने जिपकाे भाडादर कायम गरिएको हाे।
ग्रामीण सडक खण्डमा सवारीसाधन सञ्चालकले मनाेमानी यात्रुवाट भाडा लिने गरेको जनसमुदाय बाट गुनासाे अाउन थालेपछि भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीले बताउनु भयाे । पछिल्लो समय ताेकेकाे भन्दा बढी भाडालिएर गरिवकाे पैशा लिने काम भएको भन्दै ग्रामीण सडक तथा कच्ची सडकमा १२ रुपैयाँ र पक्की सडकमा ७ रुपैयाँ लिने गरि भाडादर कायम गरिएको सिडियाे अधिकारीले बताउनु भयाे ।
उहाँले भन्नू भयाे,स्थानीय बासिन्दा मर्कामा नपरुन,भन्ने हेतुले मैले याे आवाज उठाएको हुँ यसलाई सबैले कार्यान्वयन गर्नु पर्छ,बसेकाे बैठकले तीन दिन भित्र जिल्लामा चल्ने सवारीसाधनमा भाडादर अगाडि देखाउने गरि राख्नु पर्ने र क्षमता भन्दा बढी यात्रु नबाेक्न अनुराेध गरिएको छ । यदि प्रशासनले जारी गरेको नियम कार्यान्वयन नगर्नेलाई कानुनी कार्वाही गरिने प्रशासनकाे भनाइ छ । आव बैठकमा सबै स्थानीय तहका प्रमुखहरु,डिएसपी पत्रकार जिप सञ्चालक समितिका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।