
गुल्मी,असोज ६ । गुल्मीमा गतराति अबिरल वर्षासँगै गएकाे पहिरोले घर पुरिएर एकै घरका तीन जनाकाे मृत्यु भएको छ।
जिल्लाकाे रेसुङा नगरपालिका वडा नम्बर ८ थुम्का बस्ने २१ वर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छाेरी गंगा जमुनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी जानकारी दिएकाे छ।
करिब राती १ बजेकाे समयमा घरमाथि बाट पहिराे आई घरकाे बाल भत्किदा एउटै काेठामा सुतिरहेका तिनै जनाकाे पुरिएर मृत्यु भएको र पुरिका उनीहरू काे शव नेपाली सेना,नेपाल प्रहरी र स्थानीय ले निकालेका थिए।
उनीहरू शव लाई पोष्टमार्टमकाे लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।तिलक परियार श्रीमती र एक छाेरी सुरक्षित रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।