ट्रेन्डीङ्ग

रामबहादुर कुर्मीद्वारा शैक्षिक सामाग्री सहयोग

नन्दु यादव,असाेज ६, नवलपरासी ।

पश्चिम नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउपालिका वडा न ५ बस्ने युवा समाजसेवी रामबहादुर कुर्मी ले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयाेग गर्नु भएकाे छ। बिद्यालय जान पुर्ण रुप ले छोडी सकेका अति बिपन्न १० जना बिद्यार्थी हरुलाइ किताब कापीकलम ड्रेस लगायत का सामाग्री सहयाेग गर्नु भएको हो  । सबै भन्दा पहिला देश बिकास वा समृद्ध बनाउन शिक्षित ब्यक्ति काे आवस्यकता  रहेकाेले अबकाे पिढि काेहि पनि शिक्षाबाट बन्चित नहाेस भन्ने  उदेश्य ले आफुले सहयाेग गरेकाे बताउनु भयाे।बिगतकाे समयमा पनि विभिन्न क्षेत्रमा सहयाेग गर्दै आएको र आउने दिनमा पनि आवस्यक  पर्ने क्षेत्रमा सहयाेग गर्न आफु प्रतिबद्ध रहेकाे उहाले बताउनु भयाे । समाजसेवी संस्था सिसवाकाे आयोजनामा भएकाे कार्यक्रम सस्थाका का अध्यक्ष अमरमणि गुप्ता लगायतकाे सहभागी रहेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?