ट्रेन्डीङ्ग

युवा संगठनद्वारा तनहुँमा लागुऔषध,दुर्व्यसनी र विकृति विरुद्ध बिरोध कार्यक्रम

असोज ५ तनहुँ । नेकपा निकट युवा संगठन नेपाल तनहुँले लागूऔषध दुर्व्यसनी र बिकृती,बिसंगतीका बिरुद्ध बिरोध कार्यक्रम डुम्रे बजारमा सम्पन्न ।

बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डकी,धौलागिरी ब्युरो ईन्चार्ज इन्द्र बिक्रम साउद(बिजय)ले”बर्तमान राज्यले दक्ष युवा जनशक्तिलाई बिदेशका गल्लिमा बस्तुको भाउमा बिक्री गरेर,बाकि स्वदेशमा रहेका केही युवाहरुलाइ लागूऔषधको चंगुलमा डुबायर समाजमा ब्याप्त बिकृति बिसंगति निम्त्याएको र लागूऔषध ओसारपसार, बिक्रीवितरण गर्ने कथित कालाब्यापारीहरुलाई प्रशय र संरक्षण गरेको बताए। यस्ता किसिमका बिसंगतिका पर्खालहरुलाई तोड्न युवा संगठन नेपाल पछि नहट्ने बरु डटेर संघर्ष गर्ने बताएका छन।

कार्यक्रमको संचालन युवा संगठन नेपाल तनहुँ अध्यक्ष दृष्टिले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?