
नन्दु यादव ,असाेज ५,परासी ।
४२ औं सामाजिक सेवा दिवसको अवसरमा माईति नेपाल महेशपुरले ३ दिवसिय कार्यक्रम संचालन गरेकाे छ।
कार्यक्रममा पाल्हिनन्दन गाउपालिका वडा न १मा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ,बालबिबाह,बालयाैनशाेषण घरेलु हिसा सम्बन्धि जनचेतना जगाउने उदेश्यले घरदैलाे कार्यक्रम सम्पन्न गरेकाे छ।
माईती नेपाल महेशपुर र सिमा प्रहरी चाैकि महेशपुरकाे सयुक्त आयोजनामा घरदैलाे कार्यक्रम सम्पन्न गरिएकाे बताईएकाे छ ।
पाल्हिनन्दन गाउपालिका वडा न १काे ३३घरधुरिमा पुगि बालबिबाह,बाल याैन शाेषण,मानवलबेचबिखन सम्बन्धि आमनागरिकहरुलाई जनचेतना जगाईएकाे माइतिनेपाल महेशपुरकि प्रमुख एलिसा श्रेष्ठले जानकारी दिनु भयाे।
बालिबिबाह,बालयाैन शाेषण,मानवबेचबिखन सम्बन्धि लेखिएकाे पर्चा पम्लेट बितरण गर्दै आम नागरिकहरुलाई सचेत हुन जानकारी गराएकाे वहाल बताउनु भयाे। त्यसैगरि दाेस्राे दिन पाल्हिनन्दन गाउपालिका वडा २ नम्बरमा रहेका किशोर किशोरीहरुलाई बालबिबाह,बाल याैनशाेषण,घरेलुहिसा,मानवबेचबिखन लगायतकाे बारेमा जनचेतनामूलक प्रशिक्षण गरिने र पर्सि तेस्राे दिन सुनवल नगरपालिका वडा न ३ रहेकाे जागृति आमा समूह सग जनचेतनामूलक कार्यक्रम सन्चालन गरिने वहाले बताउनु भयाे ।
माईति नेपालले बेचबिखन तथा हराएका नागरिक हरुलाइ उध्दार गर्दै आइरएकाे छ ।