ट्रेन्डीङ्ग

आणविक अस्त्र निषेध गर्न मानव अधिकार कर्मीको माग

प्रकाश न्यौपाने,असोज ५,नवलपरासी । मानव अधिकार तथा शान्ति समाज नवलपरासीले आणबिक अस्त्र निषेधको माग गर्दै नवलपरासीको बर्दघाटमा प्ले कार्ड लिएर प्रदर्शन गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिबस सेप्टेम्बर २१ का अबसरमा मंगलबार बर्दघाट चोकमा मानव अधिकार तथा शान्ति समाज नवलपरासी शाखाले प्रदर्शन गरेको हो।

आणबिक अस्त्ररहित बिश्वका लागि आणबिक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर भन्ने ब्यानर र प्ले कार्ड सहित साझ ५ देखि करिव १ घण्टा प्रदर्शन गरिएको सभापति सन्तोष अधिकारीले बताउनु भयो ।

मानव अधिकार तथा शान्ति समाजका नवलपरासी सभापति सन्तोष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक उपसभापति दिनेश न्यौपानेले गर्नु भएको थियो ।

आणबिक अस्त्रको होडबाजिमा लागेका राष्ट्र हरु ,अमेरिका , रुस ,चिन , उत्तर कोरिया, बेलायत, फ्रान्स ,भारत , पाकिस्तान र इजरायल ,नेपाल लगायतका राष्ट्रलाई आणबिक अस्त्र बिरुद्धको सन्धि शीघ्र अनुमोदन गर्न आग्रह गरिएको थियो । कार्यक्रममा शान्ती समाजका कार्यसमिति सदस्य, नागरिक समाजको उपस्तिथि रहेको सचिब गणेश न्यौपानेले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal