ट्रेन्डीङ्ग

लोसपाले संविधान दिवसलाई कालो दिनका रुपमा मनायो

असोज ३ परासी ।नेपाली जनताको अधिकार स्थापीत भएको आज ऐतिहासीक दिन अर्थात नेपालको लोकतान्त्रिक सरकारले संविधान जारी गरेको दिन ।

अधिकांस नेपालीहरुले संविधान दिवस हर्सोउल्लासका मनाइरहदा पश्चिम नवलपरासीमा भने कालो दिनको रुपमा मनाएका छन।

लोकतात्रिक सरकारले संविधानमा थारु तथा मधेसी समुदायलाई विभेद गरेर संविधान जारी गरेको भन्दै विगत देखिनै संविधानमा असहमति राख्दै आएको वक्ताहरुले वताएका छन ।

लोकतान्त्रीक समाजबादी पार्टी नेपाल,नवलपरासी थारुहट थारुवान राट्रिय मोर्चा नवलपरासी तथा थारु कल्याणकारी सभा नवलपरासीले संयुक्तरुपमा विरोध जनाएका थिए ।


थारु तथा मधेसी समुदायको अधिकार नसमेटीए सम्म सम्वीधानलाई कालो दिनकोरुपमा लिने अगुवा वक्ताहरुले वताएका छन ।

विभेदकारी संविधानका कारण नेता एवं सभासद रेशम चौधरीलाई रिहाइ नगरिएको भन्दै संविधान स्किार नगर्ने वक्तहरुले वताएका हुन ।बुदचोबाट सुरु भएको विरोध र्यालीले परासी वजार परिक्रमा गर्देै कोणसभा परीणत भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal