ट्रेन्डीङ्ग

युवा संगठन नेपाल डोटीको अध्यक्षमा सुशिल

प्रकाश थापा, असोज ३, डोटी। नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल डोटीको प्रथम जिल्ला सम्मेलन सिलगढी डोटीमा सुशिल मलासीको अध्यक्षतामा २५ सदस्य जिल्ला समिति निर्वाचित गर्दै सम्पन्न भएको छ।

कार्यक्रममा सम्बोद्धन गर्दै युवा संगठनका केन्द्रिय सदस्य तथा सेम ब्युरो संयोजक श्याम भट्टले युवा भनेको परिवर्तनको सम्बाहक भएकोले समाजमा रहेको हरेक विकृतिविसंगतिको विरुद्धमा लडनु पर्ने र परिवर्तनशिल हुनु पर्ने बताउनु भयो साथै सो कार्यक्रमलाई सम्बोद्धन गर्दै नेकपा डोटी सेक्रेटरी ध्रुव ओलीले युवा भनेको बलियो शक्ति भएकोले पार्टीले संचालन गरेको एकिकृत जनक्रान्ति मार्फत वैग्यानिक समाजवाद निर्माणको निम्ति योगदान पुराउनु पर्ने बताउनु भयो ।


कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक सुशिल मलासी गरेका थिए भने प्रमुख अतिथी युवा संगठन नेपालका सेम ब्युरो संयोजक श्याम भट्ट,विशिष्ट अतिथी नेकपा डोटी सेक्रेटरी ध्रुव ओली र अतिथीहरुमा जिल्ला नेताहरुमा ममता,मोहन कठायत,शंकर साउद लगायत थिए भने संचालन प्रकाश कठायतले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal