ट्रेन्डीङ्ग

साहाशी कदम नेपाल द्वारा जनगणना २०७८ को प्रशिक्षण कक्षा अभियान

असोज३,बुटवल। राष्ट्रिय जनगणना २०७८ सालको पुर्व तयारी देशभर नै चलिरहेको छ । गणक पनि जनगणनालाई कसरी ब्यवस्थित बनाउने भनेर लागि परेका छन । जनगणनामा लैङ्गकि ,धर्म,भाषा,जाती,पेशा लगायत कुराहरु समावेश गरिएको छ । यसै सन्दर्भमा साहाशी कदम नेपालले रुपन्देहीको बुटवल र भैरहवाका यौनिक तथा लैङ्गकि अल्पसंख्यकहरुमा जनगणनाको बारेमा प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ।

समुदायमा कसरी आफू जागरुक हुने ,समाजको लागि कसरी आफू काम गर्न सकिन्छ,कसरी समाजमा घुलमिल हुने भन्ने,नगरपालिका वडा र गणक, सुपरभाइजरहरुलाई प्रशिक्षण गर्दै आएको छ । प्रशिक्षण अभियानमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायलाई आफ्नो पहिचान खुलेर गणकमा आउनु पर्ने र यो गणनामा सत्यतथ्य आउनु पर्नेमा जोड दिनु भएको छ ।

समाजमा अभियानले केही हद सम्म भए पनि परिवर्तन गर्न सकिने साहाशी कदम नेपालकि अध्यक्ष अनिक राना मगरले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?