ट्रेन्डीङ्ग

८५ बर्षिया बज्यैकाे हत्यारा सार्वजनिक

उत्तमकुमार थापा, बझाङ,असोज १ ।

बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा बर्ष २३ का सुवास जप्रेलले आफ्नै ८५ बर्षिया –बज्यै)हजुरआमाको घारिलो हसिया प्रयोग गरी हत्या गरेको छ ।

छोराहरु बस्ने घर भन्दा १०० मिटर टाढा हजुरआमा र नाती संगै बस्दै आएका थिए । भदौ २७ गते देखि दुई तिन दिन सम्म बृद्धा आमालाई काँहि पनि नदेख्दा खोज तलास गनेक्रम्मा सोही घरको तेस्रो तलामा घटना घटाई लास तानेर अन्यन्त्र स्थानमा लगेको जस्तो र घर नजिकैको पुर्व गरामा खाडल बनाई पुरेको थियो ।

सो स्थानमा हेर्दा मृतक रिखि देवी जप्रेलको लास फेला परेको हुदाँ वडाध्यक्ष राम बहादुर जप्रेले प्रहरीलाई खबर गरी नजिकैको शैचालयमा पुरुष ब्यक्तिको कपडा रगत जस्तो रातो प्रदार्थ र माटोलागेको अवस्थामा भेटीएकाले उक्त कपडा कस्को हो भनेर बुझ्दा प्रतिवादी सुवास जप्रेलको हो भन्ने बुझ्न आए पछि खोजतलास गर्दा दुर्गाथली गाउँपालिका वडानम्बर ७ अन्तरगर्त पर्ने लौवादेव डाडामा भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय दुर्गाथली र जिल्ला प्रहरी कार्यालय बझाङको संयुक्त टोलीले प्रकाउ गरेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए । उनले भने मृतक आमाका छोरा सोहि वडाका वडाध्यक्ष राम बहादुर जप्रेलले ३० गते फोन मार्फत जानकारी दिए पछि प्रहरी टोली घटना स्थल गई भदौ ३१ गते अपराधिलाई प्रकाउ गरेको बताए ।

पत्रकार सम्मेलन गरि अपराधिलाई सार्वजनिक गरेको छ । ८५ बर्षिया मृतक हजुर आमाको कानमा रहेको सुनको २ वटा मुन्द्रा र नाकमा लगाएको सुनकै मुन्द्री थान १ समेत सोही दिन साँझ बिक्री गरेको र लासलाई खाल्डामा पूरेको हुँ भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सोहि ब्यहोरा संग मिल्ने गरी निज अपराधिका सहोदर काका देवराज जप्रेलले जाहेरी दरखास्त पेश गरेकाले कर्तव्य ज्यान शिर्षकमा मुद्धा दर्ता गरि थप अनुसन्धान भैरहेको डिएसपी रुपक खड्काले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?