ट्रेन्डीङ्ग

वैज्ञानीक समाजवादी व्यवस्था(कविता)-जानकी

वैज्ञानीक समाजवादी व्यवस्था
पूँजीवादी दलालहरु तान्दैछन ती भाँचिएका थोत्रे कुर्सीहरु
शान्ति सुव्यवस्था ल्याउछु भनी तर्साउदैछन् ती दलालहरु
दल्नसम्म दलिसके देशलाई लथालुङ्गै भुङ्गै पार्नु पारिसके
डलर दिई कलर लगाई प्यारो मातृभूमि बेच्नु सम्म बेचिसके

सत्तामा पुगेर नी नीतिनियम कानुन के हो बुझ्या छैनन्
तीन करोड जनतालाई कहिल्ये सुखशान्ति दिया छैनन्
कहिल्ये लुट्ने कहिल्ये टुट्नेफुट्ने व्यवस्था नी गाका छैनन्
भ्रष्टाचारी दलालहरु घट्दै जाने अवस्था नी आका छैनन्

अब आउनुस् तपाई हामी साथ सहयोग हातेमालो गर्दै बढौ
दलालहरुलाई पाखा लगाई वैज्ञानिक समाजवादी तिर लाग्म
तपाई हामी मिलेर जनता केन्द्रित नीति नियम कानुन बनाँम
संसदवादी भ्रष्टाचार नेताहरुलाई अब हाम्ले पाखा लगाँम !!

✍️.अखिल(क्रान्तिकारी)उदयपुर जिल्ला उपाध्यक्ष जानकी खत्री हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal