ट्रेन्डीङ्ग

तीन बुँदे सहमति कार्यान्वयन माग राख्दै प्रशासन अगाडि धर्ना सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रकाश थापा डोटी,भदौ ३०। नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट भातृसंगठन युवा संगठन डोटी द्वारा सहायक जिल्लाअधिकारी मार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीको कार्यालयलाई नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको तीन बुँदे सहमति कार्यान्वयन को माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
तत्कालीन केपी शर्मा ओलीको सरकारले नेपाल कम्युनिस्ट पार्टी सँग तीन बुँदे सहमति गर्दै पार्टी माथि लागेको प्रतिबन्ध फुकुवा, झुट मुद्दा खारेज र आस्थाका बन्दी हरू रिहाई लगायतका तीन बुँदामा सहमति गरेको थियो । तर उक्त सहमति गरेको करिब ८ महिना बितिसक्दा पनि कार्यान्वयन नगरेकोमा युवा संगठन नेपाल को केन्द्रिय कार्यक्रम अनुसार डोटी जिल्ला पनि सम्पन्न भएको सुशील मालासिले बताएका छन् । उक्त सहमति कार्यान्वयन नगरे आफूहरु कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् ।

सो तीन बुँदे सहमति लाई अहिलेको देउवा सरकारले यथासिघ्र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आज देशै भरी युवा संगठनले प्रत्येक जिल्लामा ज्ञापन पत्र सहित धर्ना कार्यक्रम गरेको छ
उक्त ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी ध्रुव ओली, जिल्ला कमिटी सदस्य विद्रोही, युवा संगठन डोटीका संयोजक सुशील मलासी लगायत नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?