ट्रेन्डीङ्ग

अर्घाखाँची:युवा संगठन नेपालले बुझायो ज्ञापनपत्र

भाद्र ३०,अर्घाखाँची।नेपाल कम्यूनिस्ट पार्टी निकट युवा संगठन नेपाल अर्घाखाँचीले जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा ३ बुँदे सहमती इमान्दारीता पुर्वक कार्यन्यन गर्न माग गरेको छ ।

बुधबार दिउँसो २ बजेतिर प्रशासन कार्यालय अगाडी धर्ना कार्यक्रम र कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै ३ बुँदे सहमतीलाई ईमान्दारीता पुर्वक लागु गर, आस्थाका बन्दीहरुलाई नि ः सर्त रिहाईको माग गर्दै आन्दोलन समेत गरेको युवा संगठन नेपाल, अर्घाखाँचीका सचिव मनोज अधिकारी ले जानकारी दिएका छन ।

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जिल्लाबाट हुने सहमती अनुसारको काम भइसकेको, बाँकी संघिय सरकारको निर्णय बाट हुने काम बाँकी रहेको बताउँदै ज्ञापन पत्रलाई प्रधानमन्त्रीको कार्यालय सिहंदरबार काठमाडौँ सम्म पुर्‍याउने प्रतिबद्धता गरेका छन ।


धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता नविन खड्काले २ महिनामा सखाप पार्छौँ भन्नेहरुले २ वर्ष सम्म केही गर्न नसक्दा बाध्य भएर प्रतिबन्ध फुकुवा गरेको बताउँदै जुन तिन बुँदे सहमती सरकारले अहिले सम्म पालना नगरेको बताएका छन । हाम्रो पार्टी संग भएको ३ बुँदे सहमती र राजनितीक आस्थाका भरमा थुनिएका हाम्रा नेता तथा कायकर्तालाई बिना सर्त स–सम्मान रिहाई गर्न माग गर्दै यदि ३ बुँदे सहमती अक्षरांकस पालना नगरेमा फेरी नेपाली जनताले बिद्रोह गर्ने बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?