ट्रेन्डीङ्ग

अछाममा युवा संगठनले बुझायो ज्ञापन पत्र

कमल विक,अछाम ,३० भाद्र। नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल जिल्ला संगठन समिति अछामले जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र बुझाएको छ। नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बिच २०७७ फाल्गुन २१ गते भएको तिन बुँदे सहमति कार्यान्वयन गर्न दबाव दिनका लागि संगठनको केन्द्रिय निति अनुसार ज्ञापन पत्र बुझाइएको हो।

नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा बिच भएको सम्झौता पुर्ण रुपमा कार्यान्वन नभएकाले सहमति कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाइएको हो। तिन बुँदे सहमति भएको आठ महिना हुन लाग्दा पनि नेपाल सरकारले सहमति कार्यान्वयनमा कुनै चासो देखाएको छैन। नेपाल कम्युनिष्ट पार्टीका झण्डै नव्या भन्दा बढी नेता तथा कार्यक्रता अझै पनि जेलमा रहेका छन्। तिन बुँदे सहमतिमा उल्यख भएको प्रतिबन्ध फुकुवा बाहेक अन्य कुनै बुँदा क्रियान्वयन भएका छैनन्।

युवा संगठन नेपाल जिल्ला संगठन समिति अछाम का सचिव कुमार क्षेत्रीको नेतृत्वमा गएका युवाहरुले प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल समक्ष ज्ञापनपत्र बुझाएर प्रसाशन कार्यालय अगाडि केहि समय धर्ना बसेका थिए।

ज्ञापन पत्रमा राजनितिक आस्थाका आधारमा लगाइएका झुट्टा मुद्दाहरु खारेज गर, राजनितिक आस्थाका आधारमा बन्दि बनाइएका आस्थाका बन्दि हरूलाई निसर्त रिहा गर, जनमत संग्रहको लागि उचित वातावरण निर्माण गर लगायतका मागहरु उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?