ट्रेन्डीङ्ग

१४ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२९ भदौ, नवीन रसाइली अर्घाखाँची । सगरमाथा हेल्पिङ्ग फाउन्डेसनले बाल दिवसको अवसर पारी शैक्षिक सामाग्री वितरण गरेको छ ।

फाउन्डेसनले गुल्मी जिल्लाको रूरू गाउँपालिकामा पर्ने भटकुवा निम्न माध्यमिक विद्यालय,जनज्योति प्राथमिक विद्यालय र सूर्य ज्योति प्राथमिक विद्यालयका १४ जना विपन्न विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यार्थीहरुलाई कापी,कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । बाल दिवस बालबालिकाको हितमा रहोस् र हरेक बालबालिका ले पढ्न लेख्न पाउन् उनीहरुको नैसर्गिक अधिकार हो भन्ने हेतु ले सगरमाथा हेल्पिङ्ग फाउन्डेसन मार्फत यस अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष किशन ज्ञवालीले बताए ।

समाज सेवा गर्न पाउँदा नै खुशी लाग्छ गरिब दुखीलाई सहयोग गर्नु नै हाम्रो दायित्व हो हामीले धर्म गर्नलाई मन्दिर पुज्न जानुपर्दैन दिन् दुखी गरिबलाई सेवा धर्म मिल्छ एउटाको दुःखमा अर्कोले हात मिलायो भने निकै ठूलो धर्म हुन्छ हामीले फाउन्डेसन अघि बढाउनको लागि निरन्तर राम्रो काम गर्दै जानेछौं यस फाउण्डेसनका सदस्य ऋषि बस्यालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal