ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी)सेम क्षेत्रिय समन्वय समितिका मातहतका सम्मेलनहरू सम्पन्न

भदौ २९, गणेश एसके ,कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी विप्लव निकटको भातृ सङ्गठन अनेरास्ववियू ( क्रान्तिकारी ) सेतिमहाकाली क्षेत्रीय समन्वय समिति अन्तर्गत ०९ वटा भुगोल जिल्ला र एउटा सु.प. विश्वविद्यालय कमिटीको भेला/सम्मेलनहरु सम्पन्न भएको सेम क्षेत्रिय समन्वय समिति संयोजक वीरेन्द्र शाहले जानकारी गराएका छन् ।

शाहका अनुसार कैलाली जिल्लामा महेश पातलिको नेतृत्वमा ४१ सदस्यीय कमिटी,कंचनपुर जिल्लामा टेकेन्द्र पाठकको नेतृत्वमा ३५ सदस्यीय कमिटी ,डोटीमा प्रकाश कठायतको नेतृत्वमा १९ सदस्यीय कमिटी ,डडेल्धुरा जिल्लामा गणेश बोहराको नेतृत्वमा २३ सदस्यीय कमिटी,बैतडी जिल्लामा सुरेन्द्र धामीको नेतृत्वमा २७ सदस्यीय कमिटी,दार्चुलामा भुवन जोशीको नेतृत्वमा ११ सदस्यीय कमिटी ,बझाङ जिल्लामा कमल थापाको नेतृत्वमा १९ सदस्यीय कमिटी बाजुरा जिल्लामा चित्र ब. शाहीको नेतृत्वमा २७ सदस्यीय कमिटी अछाम जिल्लामा दिपेन्द्र जयगढीको नेतृत्वमा २५ सदस्यीय कमिटी र त्यसैगरि सुदुरपश्चिम विश्वविद्यालयमा गणेश एसके को नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएको बताएका छन ।

उहाँले भने,“ हाम्रो संगठनको केन्द्रिय समेल्लनको पूर्व सन्ध्यामा गरी सक्ने भनेको जिल्लाका सम्मेलनहरू सम्मपन्न गरिसकेको र अब राष्ट्रिय सम्मेलनलाई भव्य र सभ्य बनाउन आफूहरु तयारीमा जुटेको बताएका छन । अखिल क्रान्तिकारी को केन्द्रिय सम्मेलन असोज ६,७ र ८ गते पोखरा हुने मिति तय गरिएको छ सो सम्मेलन पार्टीका महासचिव विप्लवले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?