ट्रेन्डीङ्ग

कञ्चनपुरमा एक युवक बेपत्ता,खोजीमा सहयोग गर्न परिवारको अपिल

भदौ २९,कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका वार्ड नं ०७ घर भएका टिका सर्किका छोरा १७ वर्षीय हिरा सार्की बेपत्ता भएका छन् । उनका घर परिवारका अनुसार यही २८ गते दिउँसो करिब २ बजे घर बाट बाहिर तिर निस्केका र खोजतलास गर्दा अहिलेसम्म नभेटिएको उनी बताउँछन ।

मानसिक रूपमा अस्वस्थ रहेका ती युवक देख्नमा ५.५ फिट अग्लो र खैरो सर्ट,कालो पाइन्ट लगाएका थिए भनेर उनका घरका बुबाले बताए ।ती बेपत्ता युवक राम्ररी बोल्न पनि नसक्ने छन् । आम सबै नागरिकलाई आफ्नो बेपत्ता छोरालाई खोज्न र सम्पर्कमा ल्याउनलाई सहज गरी दिनु बेपत्ता युवकका बुबा टिका सार्कीले हार्दिक अपिल गरेका छन।

984-846-0461 कतै भेटिए नजिक को प्रहरी अथवा उक्त नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?