ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)सुदुरपश्चिम विश्वविद्यालयको अध्यक्षमा गणेश एसके

भदौ २८,कञ्चनपुर।अखिल(क्रान्तिकारी)सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्यक्ष गणेश एसकेको नेतृत्वमा २५ सदस्यीय इकाई कमिटी चयन गर्दै पाँचौं इकाई सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रममा शुभकामन मन्तव्य राख्ने क्रममा सो सम्मेलन समारोहका प्रमुख अतिथि अखिल क्रान्तिकारी सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाह ले देशको दलाल पूँजीवादी शिक्षा प्रणाली लाई खारेज गरी वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि संघर्ष गर्नु पर्ने बताए । हाम्रो पार्टीले भनेको वैज्ञानिक समाजवाद जनमत संग्रह मार्फत स्थापना गरी सबै किसिमका शैक्षिक समस्याहरूको हल गर्नुमा संगठनको महत्त्व पूर्ण भूमिका रहने उहाँको भनाई थियो । त्यसै गरी कञ्चनपुर जिल्ला पार्टी सचिव तथा कार्यक्रमका विशिष्ट अतिथि जीवनले पार्टीको नीति कार्यक्रम,कार्ययोजना र विद्यार्थी संगठनको भूमिका को बारेमा प्रस्ट्याएका छन् । अखिल क्रान्तिकारीका सेती महाकाली ब्युरो सदस्य ललित एसकेले बधाई मन्तव्य राखेका थिए ।

अनुसार एसकेको अध्यक्षतामा २५ सदस्यीय क्रान्तिकारी कमिटि विस्तार भएको छ । उपाध्यक्ष पुष्पा धामी,सचिव बिनोद एसके,सह सचिव प्रकास लुहार,कोषाध्यक्ष खडक बिष्ट चयन भएका छन ।अखिल क्रान्तिकारी सुप विश्वविद्यालयका इन्चार्ज नरेन्द्र भाट,युवा संगठनका केन्द्रिय सदस्य भुवन कुँवर सहितका नेताहरुको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?