ट्रेन्डीङ्ग

पशुपति क्याम्पसको बेथिती विरुद्ध संघर्ष गर्ने अखिल(क्रान्तिकारी)को चेतावनी

काठमाडौंः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि निकट विद्यार्थि संगठन अखिल( क्रान्तिकारि) क्याम्पस जिल्ला समिति काठमाडौंले राजधानिको चावहिलमा रहेको पशुपति बहुमुखि क्याम्पसमा भएको आर्थिक अनियमितता र भ्रष्ट्रचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनकि अध्यक्ष तारा सञ्ज्यालले एक विज्ञप्ति जारि गर्दै क्याम्पसमा भएको आर्थिक अनियमितता र भ्रष्ट्रचार प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको बताएकि छिन । साथै उनले तत्काल यि समस्याहरुको समाधान नगरे , आर्थिक पारदर्शिता कायम नगरे र राजनैतिक भागबन्डा प्रणालिको अन्त्य नगरे जस्तो सुकै कडा आन्दोलन गर्न पनि तयार रहेको चेतावनि दिइन। त्यसै गरि उनले क्यामपस प्रशासनको यस किसिमको अराजकता, भ्रष्ट्रचार र अनियमितताको विरुद्ध प्रतिकार गर्न क्याम्पसमा अध्ययनरत सम्पुर्ण विद्यार्थिमा अपिल समेत गरेकि छिन ।

उनले जारि गरिएको विज्ञप्तिमा भनिएको छ “हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शैक्षिक क्षेत्र, जनजिविका, राष्ट्रिय स्वाधिनता, सार्वभौकिता र राष्ट्रियताको पक्षमा वर्ग संघर्षमा अग्रपक्तिमा रहि त्याग तपस्या र वलिदानी गर्दै आएको इतिहास जगजाएर नै छ । शैक्षिक क्षेत्रमा देखिएका विकृति विसङ्गतिका साथै शैक्षिक व्यापारिकरण, निजिकरण, दलालीकरणको ससक्त प्रतिरोध पुर्ण संघर्ष गर्दै सम्वृद्ध राष्ट्र र ससक्त राष्ट्रियताका निम्ति हाल विदेशी गल्लीमा गुलामी गराउने बुर्जुवा शिक्षाको विस्थापना र बैज्ञानिक समाजबादि शिक्षाको लागि महान अभियानमा संघर्षरत छौ । हालको दुइतिहाई सरकारले नेपालको कालापानी लिपुलेक लिम्पीयाधुराको नक्सा र क्षेत्रफल पाठ्यक्रमा नसमेट्नु राष्ट्रघाती MCC सम्झौता खारेज नगर्नु कोरोना महामारीको बेला जनताको स्वस्थ्यमा खेलवाड गर्नु कोरोनाका नाममा भ्रष्ट्राचार र व्यापार गर्नु, बलात्कार, हत्या, लुटपाटले सिमा नाघ्नु जस्ता जघन्य सामाजिक अपराधले यस सरकारको वास्तविक रुप उदाङ्गिएको छ । यसको अर्थ अन्तत दलाल पुजीबादँको रबैया देखिन्छ र हो पनि ।

यसै क्रममा अखिल (क्रान्तिकारि) क्याम्पस जिल्ला समिति अन्र्तगत पर्ने पशुपति बहुमुखी क्याम्पस, चावहिलमा विगत लामो समय देखि नै विभिन्न किसिमका आर्थिक अनियमितता र भ्रष्ट्राचार देखिएको र हाल आएर यसले विकराल रुप लिएको छ । क्याम्पस प्रशासनमा राजनितिक भागबन्डा, नाताबाद अराजकता, आर्थिक अनियमितता, अपारदर्शिता लगाएतका कुराहरुले सिमा नाघेको हाम्रो पहिलो चरणको अनुसन्धानले भेटाएको छ ।

हाम्रो संगठन अखिल (क्रान्तिकारी) ले पशुपति बहुमुखी क्याम्पसमा पहिलो चरणको अनुसन्धान गर्दा निम्न प्रकारका बदमासी र खरावी देखिएका छन् ।

१. लगभग एक महिना देखि क्याम्पसलाई अनिर्णयको बन्दि बनाइएको ( क्याम्पस प्रमुख नियुक्त नगरेको )
२. २०६७÷ ६८ तिर रु.१०० फिः बढाउँदा अन्य विद्यार्थी संगठन र केही कर्मचारीहरुलाई एक्काइस लाख बराबर रकम बाढँेको ।
३. क्याम्पसमा कुनैपनि ट्यूसन कक्षाको व्यबस्था नभएको तर ट्यूसनको शिर्षकमा करोडौ रूपैँया खर्च देखाएको
४. २०६७ देखि हालसम्म रु. १,३७,००,००० रकम विद्यार्थी फर्म शिर्षकमा घोटाला भएको
५. निलम्वित लेखा प्रमुखले राजनैतिक संगठनको आडमा सक्कली बिल च्याती करोडौ घोटाला गरेको
६. लामो समयदेखि क्याम्पस संचालक समितीको साधारण सभा नगरेको र त् ग्मा पेश गर्नुपर्ने विधान पनि पेश नगरेको
७. सामुदायिक संस्थामा नाताबाद अत्याधिक मात्रामा हावी भएको
८. सामुदायिक शैक्षिक संस्थामा अनाधिकृत ढंगले गरिएको करोडौ घोटाला ढाकछोप गर्नका निम्ति Midas Software नै फेर्न खोजेको

माथि उल्लेखित सम्पूर्ण कुराहरू सम्पूर्ण क्याम्पसको हित विपरित भएकोले अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिती यस किसिमको सामाजिक अपराधिक कार्यको घोर विरोध, भत्सर्ना तथा खबरदारी गर्दछौं ।

साथै यस्ता किसिमका गलत क्रियाकलापका विरूद्ध पशुपति बहुमुखीमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई प्रतिकार गर्न र दोषीलाई कानुनी कारवाही पहल गर्न अपिल गर्दछौं । ”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal