
गणेश भुसाल,भदौ २६ वालिङ।युवाकवि मोतीराम भट्टको १५६ औं जयन्तीको सन्दर्भमा वालिङमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ ।
वालिङ प्रज्ञा प्रतिष्ठान र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा जिल्लामै पहिलो आधुनिक नेपाली गजल वाचनको कार्यक्रम गण्डकी गजल प्रवाह-२०७८ वालिङको मिर्दिमा सम्पन्न भएको हो ।
गण्डकी गजल प्रवाह-२०७८ कार्यक्रममा गजलकार नवीन अंकुर लामिछाने(लमजुङ),विक्रम ढकाल अनुराग(नवलपुर),उत्तम अधिकारी(तनहु)वसन्त खनाल(स्याङ्जा),तारानाथ पराजुली(पर्वत),दीपक सुनार दासी(स्याङ्जा),निकेेश गिरी(कास्की)र अजित काफ्ले(स्याङ्जा)ले विशेष गजल वाचन गर्नुभएको थियोे।
त्यसै गरि अन्य गजलकार अग्निकुमार रेग्मी पल्लव,रोशन तिमिल्सिना(कास्की),तोरणराज बस्याल,प्रेमप्रसाद सुवेदी,खगेन्द्रप्रसाद अर्याल,डोलराज डुम्रे विकल्प,लेखनाथ काफ्ले,राजु मार्मिक,स्वस्तिक अपार(कास्की),दीप शारदा (पर्वत),सन्जोग गैह्रे,दमकुमारी बगाले,भोजकुमारी पाण्डे,बोधराज न्यौपाने,कमलप्रसाद बगाले र नवीन भुषाल लगायतले गजल वाचन गर्नुभएको थियोे।
वालिङ नगरपालिकाका नगर प्रमुख तथा वालिङ प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक वालिङ नगरप्रमुख दिलीपप्रताप खाणको प्रमुख आतिथ्यता र नगर उपप्रमुख तथा वालिङ प्रज्ञा प्रतिष्ठानका संरक्षक कल्पना तिवारी बिशिस्ट आथित्यता रहेको कार्यक्रमको अध्यक्षता वालिङ प्रज्ञा प्रतिष्ठानका संयोजक वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीले गर्नु भएको थियोे भने स्वागत मन्तव्य प्रतिष्ठानका सचिव शम्भु अर्यालले गर्नुभएको थियोे।
कार्यक्रमको सहजीकरण मिलन समीरद्वारा गर्नु भएको थियोे ।