ट्रेन्डीङ्ग

जनपत्रकार संगठन सुदुरपश्चिम प्रदेशको प्रथम सम्मेलन सम्पन्न,अध्यक्षमा प्रकाश थापा

असोज ०३,गणेश एसके,डडेलधुरा।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन जनपत्रकार संगठन सुदुर पश्चिम प्रदेश समन्वय समितिको अध्यक्ष प्रकाश थापा र सचिव धर्म विकको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति चयन गर्दै प्रथम सम्मेलन डडेलधुराको सदरमुकाममा सम्पन्न भएको छ ।

सो प्रथम सम्मेलन समारोहका प्रमुख अतिथि तथा जनपत्रकार संगठनका केन्द्रिय संयोजक शेर विश्वकर्माले सम्बोधन गर्दै जनपत्रकार संगठनको उदेश्य,भूमिका र कार्ययोजना बारे स्पष्ट पार्दै सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता जोड दिने बताए।आमश्रमजीवी,उत्पीडित,निमुखा सर्वहारा वर्गको पक्षधरता मा उभिएर समाजका विकृति विसंगति को विरुद्धका दृढ प्रतिबद्धताका साथ नयाँ राज्य व्यवस्था स्थापनाको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु नै जनपत्रकार हरुको मूल धर्म रहेको उहाँको भनाई थियो । आगामी दिनहरुमा देशकै सच्चा क्रान्तिकारी जनपत्रकार उत्पादन गर्ने र समाज परिवर्तन गर्ने मुख्य भूमिकामा रहने विषयवस्तुलाई जोड दिने कुरा राख्दै नयाँ निर्वाचित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेकपाका डडेल्धुरा सचिव विजयले यो दलाल संसदीय व्यवस्थाको अन्त्य नगरी देशमा देखिएका समस्या लाई समाधान दिन नसक्ने बताएका छन् । उहाँले भने ,“ संगठित तरिकाले दलाल राज्य व्यवस्था को अन्त्यका लागि र एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि पत्रकारिता क्षेत्रबाट दृढ भएर लाग्न सबै जनपत्रकार हरुलाई अपिल पनि गरेका छन ।
प्रकाश थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार महासंघका डडेल्धुराका सचिव पुष्कर भण्डारी र अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष गणेश बोहोराले सुभकामना मन्तव्य राखेका थिए भने प्यानल प्रस्तुत कार्यक्रमका प्रमुख अतिथि शेर बहादुर विश्वकर्मा ले प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन धर्म विकले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?