भदौ २५ नवलपुर ।नेपाल कम्युनिस्ट पार्टी नवलपुरले एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय योजना अन्तर्गत नवलपुर जिल्लाका विभिन्न चार ठाउँमा विरोध प्रदर्शन सम्पन्न गरेको हो।
विशेष कमिटी सदस्य विश्वासको नेतृत्वमा जिल्ला सदरमुकाम कावासोतीमा, जिल्ला सेक्रेटरी शितलको नेतृत्वमा झ्यालबासमा, जिल्ला सदस्य विशालको नेतृत्वमा चोरमारामा र युवा सङ्गठनका जिल्ला अध्यक्ष अविनाशको नेतृत्वमा दलदलेमा छुट्टाछुट्टै रुपमा सम्पन्न भएको कार्यक्रममा ठूलो सङ्ख्यामा नेता कार्यकर्ता तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।
पछिल्ला दिनहरूमा संसदवादी दलहरूले एमसीसी परियोजना अगाडि बढाउन खोजे लगत्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा आह्वान् गरिएका कार्यक्रमहरूमा देशभक्त, राष्ट्रवादी नागरिकहरूको उपस्थिति र समर्थन दिनदिनै बढ्दै गइरहेका छन् ।