![](https://safalpost.com/wp-content/uploads/2021/09/FB_IMG_16312737235807013.jpg)
भदौ २५ गोरखा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गोरखाले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्ने मुल नारासहित जिल्लाको हरमटारी, बसपार्कमा कोणसभा सम्पन्न गरेको छ । पार्टीको एक साता सङ्घर्षको कार्यक्रम अन्तर्गत शुक्रबार अखिल (क्रान्तिकारी) गोरखाले उक्त विरोध कोणसभा सम्पन्न गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) गोरखा जिल्लाको अध्यक्ष गगन परियारले एमसीसीको उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणले देशका दलाल भ्रष्ट नेताहरूको मिलेमतोमा राष्ट्रघाती एमसीसी सम्झौता पास गर्न लागेको बताए । उनले राष्ट्रघाती एमसीसी सम्झौता पास भएमा देशमा ठूलो भयावहस्थिति आउने हुँदा उक्त अवस्था आउन नदिन सम्पूर्ण क्रान्तिकारी एक भएर लड्न तयार रहनसमेत अनुरोध गरे ।
अध्यक्ष परियारले दलाल संसदीय व्यवस्थामा यस्ता राष्ट्रघाती सम्झौताहरू हुनु यस व्यवस्थाका दलाल मतियारहरूको लागि सामान्य विषय रहेको समेत जिकिर गरे । उनले यस्ता राष्ट्रघाती सम्झौताहरूको सशक्त विद्रोह गर्न सडकमा उत्रन आग्रह गर्दै फेरि देशभक्त राष्ट्रप्रेमी क्रान्तिकारीहरू एक हुने समय आएको बताए ।