प्रकाश थापा भदौ २५ डोटी।विप्लव नेतृत्वको नेकपा,नेकपा(क्रान्तिकारी माओवादी) र नमस्ते नेपाल डोटीको संयुक्त आयोजनामा एमसिसि बिरुद्ध बिरोध प्रदर्शन दिपायलमा सम्पन्न भएको छ।
दिपायलको पिपल्ला बजारको मल्लो बजारदेखि नाराजुलुस सहित शुरु भएको प्रदर्शन तल्लो बजार हुदै बिच बजारमा आएर कोण सभामा परिणत भएको थियो सो कोण सभामा सम्बोद्धन गर्दै नेकपा जिल्ला सेक्रेटरी ध्रुव ओलीले एमसिसि भनेको नेपाललाई अफगानस्थान जस्तो बनाउने रणनिति भएकोले यसको डटेर नेपाली जनताहरुले प्रतिवाद गर्नु पर्ने बताउनु भयो। साथै उहाले अफगानस्थानको अहिलेको अबस्थाले पनि ससस्त्र संघर्षले सता उल्टाएको स्मरण गर्दै नेपालका राज्य संचालनको दिन पनि यो अभिगत नहोला भन्न नसकिने बताउनु भयो ।
सो कोण सभामा नेकपा(क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी चन्द्र थापा र नमस्ते नेपाल डोटीका अध्यक्ष शैलेन्द्र खडकाले सम्बोधन गरेका थिए भने संचालन अखिल(क्रान्तिकारी) जिल्ला अध्यक्ष प्रकाश कठायतले गरेका थिए ।