ट्रेन्डीङ्ग

जिपकाे ठक्करबाट ४ बर्षिया बालकको मृत्युु चालक फरार

उत्तमकुमार थापा ,भदौ २४, बझाङ।

जिपकाे ठक्करबाट ४ बर्षिया बालकको मृत्युु भएको छ । आज भदौ २४ गते साझ ७ बजेर ३३ मिनेटको समयमा केदारस्यू गाउँपालीका ४ वागथाला नजिकै चालक १ देउरा बस्ने बर्ष २८ देखि ३० बर्षका बिकास भण्डारीले चलाएकाे से १ ज ९६८ नम्बरको जिपले बागथला वडा नम्बर ४ बजारमा बस्ने अनिल रावलकाे छाेरा ४ बर्षिया याेगेन्द्र रावलकाे मुत्यु भएको हाे ।

उहालाई जिवले सडक क्रस गर्ने क्रममा ठक्कर दिएपछि रावल सिकिस्त घाईते हुनुभएको थियाे भने उहाँ लाई उपचारको लागि देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा लिएकाे र रावलकाे टाउकाेमा गम्भीर चाेट लागेको कारण उपचारको क्रममा ७ बजेर ४० मिनेटमा मृत्युु भएको प्रहरीले जनाएको छ । फरार रहेका चालककाे खाेजतलास भईरहेकाे प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal