

पुस्पा गिरी नवलपरासी २४ भाद्र । नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम.सी.सी परियोजना विरुद्ध प्रतापपुर गाउपालिकाको गोपिगन्ज बजारमा मसाल जुलुस सहित प्रदर्शन गरेको छ । बुद्धबस्ती चोकबाट छापामार शैलीमा निस्किएका क्रान्तिकारी माओवादी र मोर्चाका नेता कार्यकर्ताले गोपिगन्ज बजारको नहर चोकमा कोण सभा गरेका थिए ।