![](https://safalpost.com/wp-content/uploads/2021/09/IMG_20210909_122817-scaled.jpg)
सागर पौडेल,भदौ २४, सुनवल । पश्चिम नवलपरासी सुनवलका युवायुवतीले यसपालीको तिज अमेरिकी सहयोग एमसिसि सम्झौताको बिरोध गर्दै मनाएका छन ।
सुनवलका सक्रिय युवायुवतीको आयोजनामा सुनवल चोकमा गरिएको बिरोध कोणसभामा सरकारले संसद बाट एमसिसी सम्झौता पास गर्ने षड्यन्त्र गर्न लागेको विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।
बिरोध सभामा उपस्तिथ सहभागीहरुले”देश बेच्न पाईदैन एमसिसि चाईदैन,राष्ट्रघाती सम्झौता खारेज गर, दलालहरु होसीयार,नो एमसीसी जस्ता लेखेका प्ले कार्ड बोकेका थिए।
कोणसभालाई सम्बोधन गर्दै बोल्ने वक्ताहरुले “अमेरिकी सहयोग एमसिसी सम्झौता देशको हितका नरहेको भन्दै खारेज गर्न माग गर्दै ,एमसिसी देशको संविधान भन्दा माथि राखेर सम्झौता गरिएको छ एमसिसी परियोजनाको लेखापरीक्षण नेपाल सरकारले गर्न नपाउने जस्तो बुद्दाले राष्ट्रहितमा नभएको प्रष्ट बुझ्न सकिन्छ त्यसैले कुनै पनि हालतमा खारेजका लागि अपिल गरे यद्यपि पास भएमा जिल्लाका नेता जिल्ला प्रवेशमा निषेध गर्ने चेतावनी दिएका छन।
समीर परियारको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन जिपि न्यौपानेले गर्नु भएको थियो ।