ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)अर्घाखाँचीद्वारा पाणिनी बहुमुखी क्याम्पसमा वृक्षरोपण

अयन विश्वकर्मा, भाद्र २३, अर्घाखाँची ।विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीको आयोजनामा वृक्षरोपण कार्यक्रम सपन्न भएको छ ।
आजकै दिन कमरेड वासुको स्मृति दिवस र अन्तरास्ट्रिय शिक्षा दिवसको अवसरमा क्याम्पसको वरिपरि क्याम्पसलाई सफा र आकर्षक बनाउन मद्धत गर्ने हेतुले विभिन्न उन्नत प्रजातिका आकर्षक बेर्नाहरु रोपिएको अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष बाबुराम एसके ले जानकारी दिएका छन ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टिका जिल्ला सचिब खेम घर्ती क. माहुरीले पार्टीको कार्ययोजना बताउदै यहि नेपालका सिमेन्ट कम्पनी, एनसिएल जस्ता कम्पनीहरुबाट मात्र कर असुल्ने हो भने खर्बौँ रकम उठ्ने बताएका छन । यसै सन्दर्भमा अमेरिकी साम्राज्यवादको एमसिसी परियोजना कुनै पनि हालतमा पास हुन नदिने, एमसिसी विरुद्धका कार्यक्रम चरणबद्ध रुपमा भएको र सम्पुर्ण देशभत्त, बुद्धिजिवि तथा आम नागरिकहरूलाई सहभागी भै सहयोग गर्न अनुरोध गरेका छन ।

यस्तै अखिल (क्रान्तिकारी) का जिल्ला इन्चार्ज नवीन खड्काले हाम्रो संगठनले यस क्याम्पस को शैक्षिक गुणस्तर बढाउन, क्याम्पसलाई आकर्षक बनाउन अथवा कुनै पनि परिस्थितिमा क्याम्पसलाई सहयोग गर्ने बताउदै क्याम्पसलाई प्रशासन लागाएत सम्पुर्ण शिक्षकहरुलाई बिशेष धन्यवाद दिएका छन ।

यस्तै पाणिनी बहुमुखी क्याम्पसका नि.प्रमुख बाबुराम शर्मा भुसालले क्याम्पस प्रती यस संगठनले देखाएको माया प्रती विशेष धन्यवाद दिदै, यो क्याम्पस सामुदायिक क्याम्पस भएको, यहाँको आर्थिक र भौतिक स्थिति कमजोर रहेको यस क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन पनि संगठन सहयोगको अपेक्षा रहेको बताएका छन ।

उक्त वृक्षरोपण कार्यक्रम अखिल (क्रान्तिकारी ) का अध्यक्ष बाबुराम एसके को अध्यक्षता, उपाध्यक्ष पदम नेपालीको स्वागत मन्तव्य र गिरिजा खडकाको संचालनमा समापन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal