![](https://safalpost.com/wp-content/uploads/2021/09/received_2919578604970332.jpeg)
भदौ २३, रुपन्देही । विप्लव नेकपा सैनामैना नगर कमिटिले एमसिसी सम्झौताको बिरोध गर्दै रामापुर चोकमा कोणसभा सम्पन्न गरेको छ ।
रास्ट्रघाती एमसिसी सम्झौता विरुद्ध नेपाल कम्युनिस्ट पार्टीद्वारा घोषित आन्दोलनका कार्यक्रमहरु अन्तर्गत आज सैनामैनाननगरपालिकाको रामपुर चोकमा काेणसभा कार्यक्रम भएको हो ।
कोणसभा जिल्ला सदस्य प्रेम चौधरी,नगर सेक्रेटरी बर्षा जि सि यदि एमसिसी सम्झौता लागू गरेमा नेपाली जनताले सडक आन्दोलनबाट खारेज गर्ने छन पास गर्ने नेतालाई गाउँ पस्न नदिने बताउनु भयो।
कार्यक्रमको सन्चालन अखिल(क्रान्तिकारी)रुपन्देही सचीव पदम पराजुली गर्नु भएको थियो ।