ट्रेन्डीङ्ग

नेकपा पाल्पा-गुल्मीको पाँच दिने संयुक्त स्कुलिङ्ग सम्पन्न

मुक्ति गैरे, भदौ २३, पाल्पा ।
नेपाल कम्युनिस्ट पार्टी पाल्पा र गुल्मीको जिल्ला स्तरीय पाँच दिने संयुक्त स्कुलिङ्ग आज सम्पन्न भएको छ ।

पाल्पाको तानसेनमा २०७८ भदौ १८ गतेदेखि अाज २३ गते सम्म चलेको स्कुलिङ्ग समापन भएको हाे ।

पछिल्लो समय नामधारि कम्युनिस्ट मात्रै विगविगि भएकोले अाम पार्टी कार्यकर्ता एवम् नेताहरुमा कम्युनिस्ट दृष्टिकोण र यसको मर्मलाई व्यवहारत जिवित राख्न,पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीले लिएको एकीकृत जनक्रान्तिकाे कार्यदिशा मार्फत नयाँ पिढिलाई कम्युनिस्ट दृष्टिकोणमा बदलेर कम्युनिस्ट दृष्टिकोण व्यवहारिक सफलता,रक्षा र नेतृत्व विकासका निम्ति जाेड दिन स्कुलिङ्ग संचालन गरिएको थियो ।

स्कुलिङ्ग कार्यक्रमलाई समापन मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुल विभाग प्रमुख भेसराज भुसालले नेता कार्यकर्ताहरुलाई अहिले दिएको वैचारिक दृष्टिकोणलाई व्यवहारमा उतार्न अपिल गर्नु भयो । यस्तै स्कुलिङ्गमा गुल्मीबाट तारा बस्नेत र पाल्पाबाट नेपालले अनुभुति मन्तव्य राख्नु भयो थियोे भने नेकपा केन्द्रीय सदस्य सदस्य तथा पाल्पा गुल्मी ईन्चार्ज अपेक्षा धन्यवाद मन्तव्य दिनु भएको थियो ।

कम्युनिस्ट स्कुलमा वैज्ञानिक अर्थशास्त्र स्कुल विभाग प्रमुख तथा नेकपा केन्द्रीय सदस्य भेसराज भुसाल,दर्शन बिषयमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभाग सदस्य लालबहादुर बिसि र वैज्ञानिक समाजवाद र साैदर्य शास्त्र बिषयमा अखिल नेपाल जनसाँस्कृति महासंघका केन्द्रीय महासचिव तथा स्कुलिङ्ग विभाग सदस्य खेम थपलियाले पढाउनु भएको थियो ।

यस्तै उक्त स्कुलिङ्ग उद्घाटन सत्रकाे संचालक तथा अध्यक्षता तथा संचालन नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी प्रभातले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal