ट्रेन्डीङ्ग

बिद्यालय र अखिल(क्रान्तिकारी)बिच ५ बुद्दे सहमति

सुनिल सिंह,भदौ २३ ,जाजरकोट ।अखिल (क्रान्तिकारी) र त्रिभुवन मा.वि.भेरि नगरपालिका ३ थाप्ले जाजरकोट बिच आज बुधबार वार्ता भएकाे छ ।

काेराेना माहामारिले शैक्षिक क्षेत्रमा भएका असरलाई मध्यनजर गर्दै बिद्यार्थीलाई शिक्षण सिकाईकाे बिषयमा भएकाे बार्ताले”बिद्यालय ब्यबस्थापन समिति,बिद्यालय प्रशासन र बिद्यार्थी प्रतिनिधि बिचकाे छलफल गर्दै जाने गरि सहमति सम्पन्न गर्ने बिद्यालयकाे शैक्षिक एबं अन्य ब्यबहारिक ब्यबहारिक सुधार गर्दै जाने निर्णय गरियाे बिद्यालयकाे शैक्षिक ब्यबस्थालाई प्रभाबकारि बनाउदै बिद्यालय हाता भित्र बिद्यार्थीहरुलाई अनुशासित र सुरक्षित बाताबरणमा सिकाई सहजिकरण गर्नका निम्ति व्यवस्थापन समिति एबं बिद्यालय प्रशासनले अग्रसरता लिने, गुणस्तरिय एबं प्रबिधि मैत्री शिक्षण सिकाईलाई यस शैक्षिक सत्र देखि प्रभाबकारि रुपमा कार्यन्वयन गर्ने, फिडर छात्राबास ब्यबस्थित गर्ने,बिद्यालयका सबै बिद्यार्थीलाई खाेप उपलब्ध गराउन स्वास्थ्य कार्यलय संग पहल गर्ने र बिद्यालयमा शौचालय तथा खानेपानि ब्यबस्थापन यथासिघ्र गर्ने साथै बिद्यालयले लिईरहेकाे भर्ना तथा मासिक सुल्क सम्बन्धमा थप छलफल गर्नका लागि जिल्ला स्थित सबै बिद्यार्थी संगठनका प्रतिनिधि सहितकाे छलफल कार्यक्रम आगामी भाद्र २८ गते बैंठक बसि निष्कर्ष निकाल्ने निर्णय सहित ५ बुद्दे सहमति भएको हो ।

भेरिनगर कमिटिका ईन्चार्ज हिमाल, अखिल( क्रान्तिकारी )जाजरकोटका अध्यक्ष तथा भेरि नगर कमिटिका सह-ईन्चार्ज बिराजन शाहि,भेरि नगर कमिटिका सचिब प्रखरकाे उपस्थितिमा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष केदार जन शाह , बिधालयका पुर्ब प्राचार्य हेडम्ब बहादुर शाह, सहायक प्राचार्य हरिबहादुर बस्नेत, व्यवस्थापन समिति सदस्य कृष्ण शाह,दिपक बस्नेत,वडाअध्यक्ष लिला बहादुर शाह लगायत शिक्षकहरुकाे उपस्थित थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal