![](https://safalpost.com/wp-content/uploads/2021/09/received_1215571658907567-1.jpeg)
भदौ २३ कञ्चनपुर। नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर पार्टीको आयोजनामा एमसिसि सम्झौताका विरुद्धमा विरोध प्रदर्शन भीमदत्त नगरपालिका को ब्रह्मदेवमा गरिएको छ ।
नगर पार्टीद्वारा आयोजित उक्त कोण सभामा बोल्दै पार्टी नगर सचिव दीपेन्द्र ऐरीले आफ्नो देशको स्वतन्त्रता लाई बेचेर विदेशीको इसारामा राज्यलाई दोहन गर्ने उक्त राष्ट्रघाती सम्झौता एमसिसि तत्काल खारेज गर्नुपर्ने बताएका छन । सहयोगका नाममा आफ्ना सैनिक हरू देशभित्र ल्याएर अमेरिकाले जुन किसिमको षडयन्त्र रचिरहेको छ त्यसलाई बर्खास्त गर्न हाम्रो पार्टी सशक्त प्रतिरोध मा जाने चेतावनी दिएका छन । त्यसैगरी उक्त कार्यक्रमका अर्का वक्ता किसान संघका जिल्ला अध्यक्ष रगुबिर जोशीले पनि उक्त एमसिसि सम्झौता पास गर्न खोज्नु यो दलाल सरकारको अनैतिक र गैरजिम्मेवारी पूर्ण काम रहेको बताएका छन । आफ्नो देशको स्वाधीनता भौगोलिक अखण्डता जोगाउनको लागि भएपनि उक्त संझौता खारेजीको लागि निर्मम संघर्समा उत्रन आम न्याप्रमी जनसमुदायमा हार्दिक अपिल पनि गरेका छन ।
ब्रह्मदेवको भिमदत्त चौकमा चलेको उक्त कोण सभाको कार्यक्रम सञ्चालन हरिस एरीले गरेका थिए भने सो कार्यक्रममा नगरपर्टीका नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो ।