भदौ २३, अछाम ।
अछामको पन्चदेवल बिनायक नगरपालिका का सम्पुर्ण बिद्यालय कर्मचारीको हकहित र श्रमिक कर्मचारी हरुको आवाज बुलन्द पार्नको लागि गठन गरिएको नेपाल बिद्यालय कर्मचारी परिषद ले नगरपालिकामा आज ध्यानाकर्षण पत्र बुझायको छ ।यश अघि नै २०७८ साल अषाढ १४गते नेपाल सरकार को बजेट भाषणमा निर्धारण गरेबमोजिम को तलबमान निर्धारण गरिदिनहुन र बिद्यालयमा काम गर्ने बिद्यालयका कर्मचारीहरुको परिश्रम को आधारमा यश नगरपालिका ले न्यायोचित तलबको ब्यबस्था नगरिएको ले यश नगरपालिका ले आफ्ना बिद्यालय कर्मचारी लाई नेपाल सरकारले तोके बमोजिम को पारिश्रमिक ७ दिनभित्र उपलब्ध गराइदिनहुन् भनी ध्यानाकर्षण पत्र पेश गरेको छ ।
नगरपालिकाले यो बिषयमा कुनै चासो नै नदेखाएको र उक्त मागलाइ बेवास्ता गरेको ले उक्त मागलाइ कार्यनयन नगरि आलटाल नगर्न खोजेको ले सात दिनभित्र उचित जवाफको अपेक्षा सहित ध्यानाकर्षण पत्र पेश गरेको छ । बिग्यपती मा यस्तो भनियको छ ।
प्रस्तुत बिषयमा हाम्रो यश नेपाल बिद्यालय कर्मचारी परिषदले मिति २०७८ साल अषाढ १४ गतेनेपाल सरकारको बजेट भाषणमा निर्धारण गरे बमोजिमको तलबमान निर्धारण गरिदिन हुन भनी ग्यापन पत्र पेश गरिएकोमा यश नगरपालिका बाट हाम्रो मागको न्यायोचित सम्बोधन नगरिएकोले हाम्रो नेपाल बिद्यालय कर्मचारी परिषद को गम्भीर ध्यानाकर्षण भएको छ बिद्यालयमा काम गर्ने बिद्यालय का कर्मचारी हरुको परिश्रमको आधारमा यश नगरपालिकाले न्यायोचित तलबको ब्यबस्था न गरिएकोले यश नगरपालिकले हाम्रा बिद्यालय कर्मचारी हरुलाइ नेपाल सरकारले तोकेबमोजिमको पारिश्रमिक ७ दिन भित्र उप्लब्ध गराइदिनहुन भनी यो ध्यानाकर्षण पत्र पेश गर्दछौ।यदि हाम्रा माग हरु सम्बोधन नभएको खण्डमा हाम्रो बिद्यालय कर्मचारी परिषद ले विभिन्न आन्दोलन का तपशिल बमोजिमका कार्यक्रम हरु गर्नेछ ।
यश आन्दोलनका कार्यक्रम बाट हुन गयको असरको जिम्मेवारि नगरपालिका स्वयम ले लिनुपर्नेछ ।
प्रथम चरण को आन्दोलनमा नगरपालिका घेराउ र नारा जुलुस गर्ने , दोस्रो चरण नगरपालिका बन्द गर्ने , तेस्रो चरण नगरपालिका अन्तर्गतका सम्पुर्ण बिद्यालयारु बन्द गर्ने
ध्यानाकर्षण पत्र …..