

प्रकाश थापा,भदौ २३,डोटी ।विप्लव नेतृत्व नेकपाका केन्द्रिय सदस्य डबल बहादुर शाहले एमसिसी सझौता राष्ट्रघाती रहेको बताए।
नेकपाले एमसिसी सम्झौताको विरुद्ध देशव्यापी बिरोध प्रदर्शन गरेको छ।सोही कार्यक्रम अनुसार नेकपा डोटीले शैलेश्वरी मन्दिरबाट नाराजुलुस सहित जिल्ला प्रशासन कार्यलय सिलुगढिमा अगाडि कोणसभामा परिणत भएको थियो। कार्यक्रमको संचालन जिल्ला सदस्य मोहन कठायतले गरेका थिए।