ट्रेन्डीङ्ग

युवा संगठनद्वारा नवलपुरमा सहिद पार्क सरसफाइ

भदौ २३ नवलपुर ।नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल,नवलपुरले सहिद स्मृति प्रतिष्ठानद्वारा निर्मित सहिद पार्क सरसफाइ गरेको छ।

जिल्लाको कावासोती नगरपालीका स्थित फलफुल चोकमा रहेको सहिद पार्कमा सरसफाइ गरेको छ। जिल्ला तहका दर्जन बढी युवा,कार्यकर्ताको उपस्थितिमा युवाहरूले सरसफाइ गरेका हुन्।

सहिदहरुको सम्झना र जिर्ण अवस्थामा रहेको पार्कलाई संरक्षण गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम संचालन गरिएको उक्त संगठनका नवलपुर जिल्ला अध्यक्ष अविनासले जानकारी गराए।

अविनासले युवाहरूलाई सामाजिक काममा प्रोत्साहन र विकृति विसंगतिबाट बचाउन र साँस्कृतिक सम्पदाको संरक्षण गर्ने चेतनाको बिकास गर्न समेत कार्यक्रम आवश्यक रहेको बताए।

उक्त पार्टीको सहायक संगठन युवा संगठन नेपाल, नवलपुरले जिल्लामा बिबिध कार्यक्रम गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal