ट्रेन्डीङ्ग

युवा संगठनद्वारा सरकारी अनियमिता बेरुजु भ्रष्टाचार विरुद्ध जाजरकोटमा प्रदर्शन

भदौ २२ जाजरकोट ।

सरकारि अनियमितता,वेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठन नेपाल जाजरकोटको आयोजनामा मंगलबार जिल्ला सदरमुकाम खलंगामा बृहत् बिरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न उक्त कोणसभा तथा विरोध प्रदर्शन कार्यक्रम ठाँटिबजारबाट शुरु भइ जिल्ला प्रशासन कार्यालय ,गैरिखालि हुँदै पुन:ठाटिबजारमा पुगेर बिरोध प्रदर्शन कोणसभामा परिणत भएको थियो l

कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा का केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज संगम अारसिले सम्पूर्ण देशभक्त,राष्ट्रबादि, प्रगतिशिल शक्तिहरु नेपालको राष्ट्रियता संकट परिरहेको अवस्थामा एकठाउमा उभिनुपर्ने बेला अाएको बताउनुभयो।उहाले भन्नुभयो”राष्ट्रिय स्वाधीन्तामाथि पटक पटक प्रहार भइरहदा पनि दलाल सरकार मुकदर्शक बन्दै बसिरहेको र अझ उल्टै राष्ट्रिय स्वाधीनताको पक्षमा अावाज उठाउनेहरुलाइ नै दमन गरेर सरकारले अाफ्नो गैरजिम्मेवारि रवैया प्रस्तुत गरिरहेको र यस्ता खाले दलाल प्रवृतिको नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रतिरोध गर्ने वतउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नेकपाका जाजरकोट जिल्ला सचिव प्रेम चलाउने अन्नतले केही व्यक्तिहरूको निश्चित स्वार्थको लागि दलाल संसदवादि सरकार राष्ट्रियता जस्तो संवेदनशील विषयमा मौन रहेर वस्नु लज्जाको विषय भएको भन्दै देशलाई युद्दभुमि बनाउने कुचेष्टा गरिएको खण्डमा नेपाल कम्युनिस्ट पार्टीले जस्तोसुकै संघर्ष गर्न तयार रहने बताउनुभयो। उहाले नेपाल कम्युनिस्ट पार्टी सदैब जनजिविका र राष्ट्रिय स्वाधिन्ताको लागि सदैब जनताकै बिचबाट जनतासंगै संघर्ष गर्ने प्रतिज्ञा दिनुभयो।

यस्तै युवा संगठन नेपाल जाजरकोटका अध्यक्ष तथा भेक व्युरो सदस्य गोविन्द चन्दले नेपाली युवाहरु अब विदेशीका गुलाम बन्नु भन्दा अाफ्नो देशको राष्ट्रियताको बिषयमा एकजुट भएर अावाज उठाउन अाह्वान गर्नुभयो।

एमसिसीलाई सरकारले अार्थिक उन्नतिको अाधार भन्नू भनेको अाकासतिर फर्केर थुक्नु जस्तै भएको र यसले नेपालमा एमसिसि पास गरेर चिनमाथि आक्रमण गर्ने र नेपाललाई युद्दभुमिमा परिणत गर्नु एमसिसिको उद्देश्य भएको समेत प्रष्टयाउनु भयो।

उहाले आफुलाइ गणतन्त्रको जननि मान्ने पार्टीहरू कसरी पैसा कमाउने र जनतालाई लुटतन्त्र मच्चाउने भनेर लागिपरिरहेको अवस्थामा यस्तो कुव्यवस्थाको सहि विकल्प बैज्ञानिक समाजवाद राज्यव्यवस्थाको अपरिहार्यता रहेको वताउनुभयो।

अखिल (क्रान्तिकारी)जाजरकोटका अध्यक्ष विराजन शाहिले सन्चालन गरेको कार्यक्रममा २००भन्दा बढि युवा,विधार्थी,जनसमुदायको उल्लेख्य सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?