![](https://safalpost.com/wp-content/uploads/2021/09/received_148832684095570.jpeg)
भदौ २२ नवलपुर ।
नेपाल कम्युनिस्ट पार्टी निकट सहायक संगठन युवा संगठन नेपाल,नवलपुरले जिल्लाको कावासोती स्थित सरकारी कार्यालय अगाडि विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।
संगठनको देशव्यापी कार्यक्रम अन्तर्गत सरकारी कार्यालयमा भएको भ्रष्टाचार,बेरुजु र अनियमितताको विषयमा उक्त संगठनले बिरोध स्वरुप कार्यक्रम गरेको हो। सरकारी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गर्,राष्ट्रिय सम्पत्तिको रक्षा गर् दलालहरु होसियार, वैज्ञानिक समाजवादी व्यवस्था जिन्दावाद लगायतका नारा लगाउँदै कोण सभामा सम्पन्न भएको कार्यक्रममा बिशेश कमिटीका सदस्य बिश्वासले सम्बोधन गर्दै भ्रष्टाचारमा संलग्न निकायलाई आफ्नो पार्टीले जनताको सामु लेराएर कारबाही गर्ने बताए ।
कार्यक्रमको संचालन युवा संगठन नेपाल नवलपुरका अध्यक्ष अविनासको रहेको थियो। कार्यक्रममा जिल्ला तहका युवा कार्यकर्ताको सहभागीता रहेको बुझिएको छ।