ट्रेन्डीङ्ग

ओलि सरकारले देश र जनताको हितमा काम गर्दैन

धनुषा । हंसपुर , नेपाल कम्युनिष्ट पार्टीले यहाँ आयोजित जन सभामा बर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसकेको र कम्युनिष्ट आन्दोलनलाई नै बद्नामा गर्ने गतिबिधि गरहेकोले देश र जनताका समस्या हल गर्न आम शोषित पीडित जनता एक जुट भएर संयुक्त आन्दोलनमा उत्रिनु पर्ने आवश्यकता बक्ताहरुले औंल्याएका थिए । धनुषाको हंसपुर ९ मा आयोजित जन सभामा पार्टीका सचिवालय सदस्य डा. मिश्री मण्डलले देशमा कोरोना महामारीले आक्रान्त भएका जनतालाई राज्यले उपचार नगर्ने, देशको सार्बभौमिक अखण्डता र स्वाधीनता जोगाउन नसक्ने, बिदेशी शक्तिको चाकडी गरेर सत्तामा टिकिरहन सकिन्छ भन्ने गलत बाटो हिड्ने, जनजीबिकाका कुनै पनि समस्या हल नगर्ने, भ्रष्टाचारका एक पछि अर्को काण्ड मच्चाउने र यसरी देश र जनताको दोहन गरेर लूटको राज्य चलाउने जुन काम भइरहकेो छ त्यस्ता गतिबिधिको नेपाल कम्युनिष्ट पार्टी घोर बिरोध गर्दछ र जनता जागरुप र सगठित भएर कमरेड पुष्पलालले दिएको सिद्धान्त, नीति, बिचार र कार्यक्रम अनुसार नयाँ जनबादी गणतन्त्र स्थापना गर्न अग्रसर हुनु पर्दछ भन्ने कुरा राखेका थिए ।

अर्काबक्ता राष्ट्रिय सम्मेलन तयारी समितिका केन्द्रिय सदस्य बिपत्ती मण्डलले दलितको भोट लिने तर दलित प्रहरी थानामा मारिदा, दमनमा पर्दा चुइक्क एक शब्द नबोल्ने, दलित महिला बलत्कार र हिंसामा पर्दा पनि वास्ता नगर्ने, मन्द्रि निर्माणका लागि दुइ नम्बर प्रदेशमा झण्डै एक करोड खर्च गनै तर पूरै क्षेत्रमा दलितका लागि ७ लाख बजेट छुट्याउने जस्ता गतिबिधिले बर्तमान सरको शोषित पीडित जनताको होइन शोषक बर्गको हो भन्ने कुरा प्रष्ट भएको र जनताको सरकार बनाउने ब्यवस्था स्थापना नगरी र सजनता स्वय देशको मालिक नबनी देह र जनताले सहीबाटो लिने र बिकास गर्ने स्थिति नबन्ने कुरा प्रष्ट पारेका छन ।
पार्टीको राष्ट्रिय सम्मेलन तयारी समितिका अर्का केन्द्रिय सदस्य सत्यनारायण मुखियाले किसान लगायत श्रमजीबी बर्गलाई झूटा आश्वासन दिने र भोट लिए पछि वास्ता नगर्ने, कृषि उपजको उचित मूल्य नदिने, बर्षौदेखि उखुको मूल्य चुक्ता नगर्ने र देशको मूख्य उत्पादक शक्ति किसानलाई सधै उपेक्षा र निरस्कार गर्ने बर्तमान ब्यबस्था र सरकारको सट्टा नयाँ जनबादी ब्यबस्था खडा गरेर जनताले आफ्ना लागि आफै काम गर्ने परिपाटी नबसालेसम्म यो मुलुक र जनताको बिकास नहुने कुरा प्रष्ट भएको औंल्याएका थिए ।
जनसभाको कार्यक्रम यही कार्तिक १८ गते हंसपुर गाउँपालिकाको वडा नं ९मा आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता स्थानीय मनोज शर्माले गरेका थिए भने सञ्चालन तथा उद्घोषण रामचन्द्र भण्डारीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?