ट्रेन्डीङ्ग

एमसिसी विरुद्ध कालिकोटमा बिरोध प्रदर्शन


कालिकोट संवाददाता ।
नेकपा कालिकोटले एमसिसि परियोजना खारेजीको माग राख्दै सदरमुकाममा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

मान्म बजार जिरो प्वाईन्टबाट सुरु भएको -याली बजार परिक्रमा गरि प्रतिमा चोकमा पुगी जनसभामा परिणत भएको थियो। उक्त जनसभालाई नेकपा जिल्ला ईन्चार्ज बिराटले सम्बोधन गर्नु भएको थियो।

साथै जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिप, नेकपा (क्रान्तिकारी माओबादी)कालिकोटका सेक्रेटरी कर्ण बिसी नेकपा माअोवादी केन्द्र समाजवादी सागरले सम्बोधन गर्नु भएको थियो ।

बोल्ने बक्ताहरुले राष्टघाती एमसिसि परियोजना पास गरिए ठूलो जनबिद्रोह हुने ठोकुवा गर्नु भयो । ठुला राजनिती दलका नेताहरु सबै दलालमा परिणत भैसकेकाले यो ब्यबस्था राजनिती दल र यिनीहरुले चलाईरहेको ब्यबस्था पनि दलाल र राष्टघाती भएकाले बिकल्प मा जनमत संग्रह र बैज्ञानिक समाजवाद नआई नत राष्टीय स्वाधिनताको ग्यारेण्टी हुन्छ नत जनतामा सुरक्षा गासबास कपास नै पुरै देशघातीहरुको हालीमुहाली हुने भएकाले देशभक्त प्रगतीशिलहरुको मोर्चा आबश्यक भएको धारणा राख्नु भयो ।


उक्त कार्यक्रमको संचालन नेकपा जिल्ला कमिटी सदस्य शाहासीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal