ट्रेन्डीङ्ग

गृहमन्त्रीलाई माफी मगाएरै छाड्छौ : एटम बिद्रोही

भदौ २१ काठमाडौ । दार्चुला घटना र त्यो सग सम्बन्धित भारतिया ज्यादतिको बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोध गर्दै पुत्ला जलाएको बिषयमा गृह मन्त्रालयले निकालेको विज्ञप्तिको विरुद्द थप आन्दोलन गरेर गृह मन्तीलाई माफी मगाएरै छाड्ने सत्तारुढ गठबन्धन नेकपा (एकीकृत समाजबादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका स्थायी कमिटी सदस्य एटम बिद्रोहीले चेतावनी दिएका छन ।

गृहमन्त्रालयले हिजो मात्र दुई वटा विज्ञप्ति जारी गर्दै विरोध प्रदर्शन नगर्न कडा निर्देशन दिएको थियो। गृहको विज्ञप्ति आए लगत्तै अनेरास्ववियूले सोमबार ३ बजे मीनभवन , काठमाडौमा प्रदर्शन गर्ने तयारी गरेको पनि जनाएको छ।

दैनिक जीवन चलाउन तुइन चडेर नदि तर्दै गर्दा तुइनको डोरि काटेर आखै अगाडि एउटा नेपालीलाई भारतीय पक्षबाट खोलामा बेपत्ता पर्दैगर्दा चुइक्क नबोल्ने, बेपत्ता ब्यक्ती खोज्न ड्रोन क्यामराको साहरा लिदै गर्दा भारतले ड्रोन उडाउन प्रतिबन्ध लगाउदा मौन बस्ने , नेपाली भुमिमाथी भारतीय सैनिकको लडाकु हेलिकप्टर उडिरहदा नदेखे जस्तो हुने तर तिनै घटनाको बिरोध गर्दा हाम्रो बोलीमा प्रतिबन्ध लगाउने गृहमन्त्रालय नेपाली जनताको पक्षमा हैन मोदीको चाकडीमा छ । त्यसैले आफ्नो कमजोरी महसुस गर्दै सबै नेपाली जनतासामु तत्काल गृहमन्त्रीले माफी माग्नु पर्छ नत्र जस्तो सुकै मूल्य चुकाएर भएपनी माफी मगाएरै छड्ने छौ नेता एटमले जोड दिए।

नेता एटम भन्छन – यतिबेला गृहमन्त्री मोदीको पाउमा लम्पसार परेका छन, पाउ पुज्न तल्लिन छन । नेपाल नेपाली र मातृभुमी प्रति भारतले गरेको ज्यादती र हेपाह प्रबित्ती नदेखे जस्तो गरिरहेका छन । तर हामी कठालो समाएर चाडै नेपाली जनता सामु माफी माग्न ल्याउने छौ। देशै भरिको सिङ्गो अनेरास्ववियू आन्दोलीत छ ।

नेकपा (एस) निकट अनेरास्ववियू भारतले गरेको भुमी अतिक्रमण,जयसिङ धामी मृत्युु प्रकरण बिरुद्द देशै भरी शान्तिपूर्ण आन्दोलन गरिरहेको छ । तर दुई देश बिचको कुटनैतिक क्षेत्रमा दखल पर्ने भन्दै गृहले मोदी विरुद्ध आन्दोलन नगर्न हिजै मात्र दुई पटक विज्ञप्ति निकालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal