ट्रेन्डीङ्ग

वडा अध्यक्ष महेन्द्र ठाकुरले आफ्नै लगानीमा बाढीपिडितहरुलाई बाँडे खाद्यान्न

परासी, २० भदौ।नवलपरासीको रामग्राम नगरपालिका वडा ८ का बाढी प्रभावित घरपरिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।

नेपाली कांग्रेस वडा ८ कार्यसमितिले वडाका २ सय बढि पिडित घरधुरीलाई खाद्यान्न वितरण गरेको छ।

नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि एवं रामग्राम नगरपालिका वडा ८ का वडा अध्यक्ष समाजसेवी महेन्द्र ठाकुरले आफनो व्यक्तिगत लगानीमा सहयोग प्रदान गरेको खाद्यान्न कांग्रेस वडा कार्यसमिति मार्फत वितरण गरिएको हो।

रामग्राम नगरपालिकाबाट प्राप्त राहत अपुग भएकाले तत्काल पिडितहरुलाई राहत पुगोस भनि वडा अध्यक्ष ठाकुरले आफनो लगानीमा काग्रेस वडा कार्यसमिति मार्फत प्रति परिवारलाई १० किलो चालम वितरण गराउनु भएको हो । उक्त वडाका २२० घरपरिवारलाई कुल २२ क्वीन्टल चामल वितरण गरिएको वडा अध्यक्ष ठाकुरले जानकारी दिनुभयो।

रामग्राममा आएको भिषण बाढीले वडाका ८का दुई सय घरधुरी डुबानमा परेको थियो । जसमा १० कच्ची घर पुर्ण रुपले भत्केको छ भने २० घरमा आंशिक क्षति भएको र अरु बाकी घरहरु डुबानमा परि खाद्यान्न, कपडालत्ता, ओछयान र खाट लगातका सामाग्रीहरु विभजेर हजारांैका क्षति भएको थियो । बाढीले वडामा भएको क्षतिको यथार्थ विवरण संकलन गरि राहतका लागि रामग्राम नगरपालिका पठाइ सकिएको वडा अध्यक्ष ठाकुरले जानकारी दिनुभयो।

रामग्राम नगरपालिकाले वडाका अति बाढी प्रभावित घरपरिवारका लागि खाद्यान्न खरिद गर्न दिएकोे ५० हजार रुपैया २५ जनालाइ मात्र बाडिएको र अरु पिडितहरुलाई अपुग भएकाले आफनो व्यक्तिगत लगानीमा उक्त खाद्यान्न वितरण गरेको वडा अध्यक्ष ठाकुरले जानकारी दिनु भयो । राहत वितरण कांग्रेस वडा सभापति त्रिभुवन केवटको अध्यक्षता तथा वडा अध्यक्ष महेन्द्र ठाकुरको प्रमुख आतिथ्यतामा वितरण गरिएको र वितरण कार्यक्रममा वडाका उपसभापति रामवृक्ष केवट, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal