ट्रेन्डीङ्ग

बझाङ:जिल्ला समन्वय समितिकाे पाचौं जिल्ला सभा सुरु

उत्तमकुमार थापा भदौ २० बझाङ । बझाङ जिल्ला समन्वय समितिको पाचौं जिल्ला सभा आजवाट सुरु भएको छ ।

जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा आर्थिक बर्ष ०७७/०७८ काे बार्षिक समिक्षा गाेष्ठीकाे उद्घघाटन भएको हाे।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख खडक बहादुर खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा बिशिस्ट अतिथि पुर्व बन मन्त्री भानुभक्त जाेशी प्रदेशसभा सदस्य देवकी मल्ल थापा रहनु भएको थियाे ।
समन्वय सभाहलमा सभामुख थापाले पानसमा दियाेबत्ति बाल्दै उद्घघाटन गर्नुभएको थियाे भने समन्वय समिति उपप्रमुखले स्वागत मन्तव्य राख्नु भएको थियाे । कार्यक्रममा सबै गाउँपालीका नगरपालिकाहरुका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृतहरु पत्रकार लगाएतकाे उपस्थिति रहेकाे थियाे । भने कार्यक्रममा सबै स्थानीय तहले यस बर्ष गरेका विकासको विषयमा आ-आफ्नाे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?