![](https://safalpost.com/wp-content/uploads/2021/09/FB_IMG_16308303852179381.jpg)
भदौ २० नवलपरासी । गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीविरुद्ध नाराबाजी नगर्नु भन्दै आपत्ति जनाएको । विज्ञप्तिमा लेखिएको छ प्रदर्शन नाराबाजी जस्ता उच्छृङ्खल र निन्दनीय कार्य गरेमा कार्वाही गरिने चेतावनी दिएको छ।
मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरिएको छ ।
नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ’,विज्ञप्तिमा भनिएको छ‘मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ ।’
मन्त्रालयले मित्राष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिन खोज्नेलाई कारबाही गरिने पनि स्पष्ट पारेको छ ।
मन्त्रालयले कसैसँग समस्या उत्पन्न भएको छ भने सरकारले वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाटै समाचार गरिने उल्लेख गरेको छ।