ट्रेन्डीङ्ग

परासी स्थित बिद्युत शवस्टेशनबाट पुन:विद्युत् आपूर्ति सुचारु

परासी,२० भदौ ।पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित गत भदौ ११ गतेबाट विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र अन्तर्गतको बिद्युत शवस्टेशनबाट पुन:विद्युत् आपूर्ति सुचारु भएको छ ।

केही दिनको अविरल वर्षा र डुबानका प्राविधीक उपकरणमा समस्या आएपछि बन्द भएको बिद्युत आपुर्ति शवस्टेशनको विभिन्न प्राविधिक उपकरणको आवश्यक सरसफाई र मर्मत सम्भार भएपछि शबस्टेशनबाट पुन विद्युत् आपूर्ति सुचारु भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र परासीका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

वर्षा र डुबानका कारण सो शबस्टेशनको ब्रेकरलगायत अन्य उपकरणमा पानी जमेकाका कारण गत भदौ ११ गतेबाट शब स्टेशनमा विद्युत आपूर्ति बन्द भएको थियो।

शबस्टेशन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यस्थापन गरी मर्मत सम्भारको काम सम्पन्न गरी विद्युत आपूर्ति सुचारु भएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो। परासी वितरण केन्द्रअन्तर्गत सूर्यपुरा,सुनवल,महेशपुर र बञ्जरियास्थित कार्यालय पर्दछन् । यो केन्द्रअन्तर्गत कूल ४४ हजार ग्राहक छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal