ट्रेन्डीङ्ग

ग्रीन आर्मि नेपाल सर्लाहीको रक्तदान कार्यक्रम सम्पन्न

भदौ २०, सर्लाही ।

सर्लाहीको परवानीपुरमा ग्रीन आर्मि नेपाल नामक संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १६ को परवानीपुर चोकमा ग्रीन आर्मी नेपाल सर्लाही शाखाले कार्यक्रमको आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष सुदिप कार्किको अध्यक्षता एवं १६ नम्बर वडाका वडाध्यक्ष गणेश थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४२ जनाले रक्तदान गरेका आयोजकले बताएको छ ।
कार्यक्रममा पुर्व गाबिस अध्यक्ष तथा नेपाली कांग्रेसका नेता जतन बुडाथोकी, नेवि संघ जनज्योती क्याम्पका पुर्व सभापती योगराज देवकोटा, अस्थायी प्रहरि चौकी परवानीपुरका असई बाबुराम भारती सहित स्थानिय शिक्षक, समाजसेवी, राजनितिज्ञ लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमा ग्रीन आर्मि नेपालका अध्यक्ष कार्किले रक्तदान गरेसँगै रक्तदानको शिलशिला अगाडि बढेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस जनकपुर र लायन्स क्लव अफ लालबन्दी सिटिको सहकार्य रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal