ट्रेन्डीङ्ग

जागौँ युवा उठौँ युवा

जागौँ युवा उठौँ युवा

ए युवा
जागौँ युवा
उठौँ युवा
युवाहरु तातो रगत
उमल्ने गरि
विदेशी शक्तिले चेतावनी
दिईरखेको छ

कहिले गोविन्द गौतम
कहिले जयसिह धामि
सम्राज्यवादका नौकरहरुले
दिनदहाडै हत्या
गरि हिडिरहेका छन

सम्राज्यवादका नौकरहरुको
हेलिकप्टर नेपाली भुमिमा
घुमिरहेको बेला
युवाहरुलाई खुलेआम
चुनौति दिईरहेको छ,

एकपटक देशको
स्वाभिमान र स्वाधीनता को
पक्षमा चिन्ता गर्ने युवाहरु
तपाई हामि एक हौं
हातेमालो गर्दै सिमा
सिमाहरुमा झण्डा गाड्ने काम गरौ

आउ युवा
जुटौं युवा
देशको मुहार फेर्न
एकपटक लडौँ युवा

भारतीय सम्राज्यवादले
सिमाहरुमा अतिक्रमण दिनप्रतिदिन
बढाईरहेको
अमेरिकी सम्राज्यवादले MCC को
नाममा देशै सखाप पार्ने
योजना यो देशका साषकहरुलाई
दिईरहेको छ।

ए युवा
जागौँ युवा
उठौँ युवा
देश बनाउन एकपट
कफन बानौँ युवा ।

देश नेपाल रहे
हामि नेपाली रहन्छौ
युवा देशका सिमाहरु
जोगाउन तपाई हामि जुटौँ युवा

सिमा अतिक्रमण नरोकिए
देशका जनता सुरक्षित छैनन
युवा ए युवा

एकपटक एकिकृत
जनक्रान्तिको झण्डा फहराउदै
नेपाल राष्ट्र को झण्डा अतिक्रमण हुने सिमाहरुमा गाडौँ झण्डा

ए युवा
जागौँ युवा
जुटौँ युवा
एकपटक देशको निम्ति
लड्ने कफन सिरमा बानौँ युवा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?