ट्रेन्डीङ्ग

स्थानीयले निर्माण गरेको काठेपुल खोलाले बगायो, स्थानिय सरकार कता हरायो

उत्तम कुमार थापा भदौ १९ बझाङ्ग। काठेपुल बगाउँदा स्थानीयलाई समस्या भएको छ । जिल्लाको जयपृथ्वी नगरपालीका वडा नमवर ३ कुसापानी र मष्टा गाउँपालीकाको वडा नमवर १ कुर्यापानी भन्ने स्थानमा रहेको स्थानीयले निर्माण गरेको काठेपुल अविरल बर्ष सँगै आएको बाढीले बगाएपछि स्थानीय आवतजावतमा निकै समस्या देखा परेको हो ।

यसरी आएको खोलाल स्थानीयले हालेको काठेपुल बगाएपछि १५० भन्दा बढी जनसँख्या सदरमुकाम चैनपुर मात्र हैन अन्य स्थानमा आउँन जान रोकीएको स्थानीय महेश खड्काले बताए । उनले भने अहिले सम्म कसै स्थानीय सरकारले पनि हेको छैन । जनप्रतिनिधिहरु आउँन्छन बुका गफ दिएर जान्छन,चुनावको समयमा सबै पार्टीका नेताहरु गाउँमा आउँने तर समस्या परेको समयमा कोहीपनि फर्केर नहेर्ने गरेको उहााको भनाई छ ।

स्थानीय कुशापानीमा २०।३० घरपरिवार बसोवास गर्नुहुन्छ,अहिले कसैको नजर गएको छैन । महेश खड्काका अनुसार हाम्रोलागी जती नेता आएपनि कानै र्चिरेका नेता आउँने गरेको भन्दै माननीय देखी गाउँघरका स्थानीय नेता तथा जनप्रतीनिधीहरुले पनि कानमा तेल हालेर बसेको उहााको भनाई रहेको छ ।

मष्टा गाउँपालीकाको वडा नम्वर १ मा पर्ने यो बस्ती जयपृथ्वी नगरपालीकाको नजीकै रहेको स्थानमा अहिले सम्म कसैको ध्यानाकर्षण हुन सकेको छैन । गाउँमा खोलाले काठेपु बगाएपछि स्थानीय एक हिलाले रुदै भनीन हामीले भोटमात्र कति हाल्ने हो हाम्रो लागी सरकार कतै छैन । ठुलालाई चैन सानालाई मैन भने जस्तै उहाले भनीन हाम्रा गोरुबाख्रा वारीपारी लीनपनि निकै समस्या भएको बताउँदै सदरमुकाम चैनपुरमा सरकारी कामकाज गर्न आउँन पनि गार्हो भएको उहाको भनाई छ । स्थानीय सरकार सुतेको छ भने,लाखौ खर्च गरेर स्थानीयले निर्माण गरेको पुल खोलाले बगाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?